शिखर इन्स्योरेन्सको नाफा ५.६७ % ले बढ्यो



काठमाडौं । शिखर इन्स्योरेन्सले आव २०७७/७८ मा ४७ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ४५ करोड १ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आव २०७७/७८ मा ३ अर्ब ९७ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन ३ अर्ब ५२ करोड १६ लाख रुपैयाँ रहेको थियो ।

१ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५७ करोड २० लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब २९ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी १३ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी १२ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीले १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने २ अर्ब १ करोड २ लाख रुपैयाँ दावी भक्तानी हुन बाँकी छ ।
यसैगरी, कम्पनीले अभिकर्र्ता कमिसन वापत २ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ ।

साथै, कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) २७ रुपैयाँ ५ पैसा, प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ १५ पैसा, पिई रेसियो ७२.१५ गुणा, प्रतिसेयर कुल सम्पत्ति ३२१ रुपैयाँ ४९ पैसा रहेको छ ।


क्लिकमान्डु