एकवर्षमा सिभिल बैंकले ३१ अर्बले निक्षेप बढायो, नाफा स्थिर



काठमाडौं । सिभिल बैंकले एकवर्षमा ३१ अर्ब रुपैयाँले निक्षेप बढाएको छ ।

सिभिल बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार निक्षेपको आकार ८८ अर्ब पुर्याएको छ ।

अघिल्लो वर्षको असार मसात्मा सिभिल बैंकको निक्षेप ५७ अर्ब थियो । यस्तै असार मसान्तसम्ममा सिभिल बैंकको ७९ अर्ब कर्जा रहेको छ । अघिल्लो वर्ष असार मसान्तमा सिभिल बैंकको कर्जा ५२ अर्ब थियो ।

व्यवसायको आकार बढेपनि सिभिल बैंकको नाफा भने स्थिर देखिएको छ । व्यवसाय बढेपनि ब्याज आम्दानी नबढेको कारण बैंकको नाफा स्थिर देखिएको हो । सिभिल बैंकले गत आर्थिक वर्षमा ५५ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो वर्ष सिभिल बैंकको नाफा ५५ करोड ५० लाख रहेको थियो । सिभिल बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा ४९ करोड रुपैयाँ गरेको छ । व्यवसाय बढाएको कारण अघिल्लो वर्षको भन्दा सिभिल बैंकको पूँजीकोष अनुपात घटेको छ ।

असार मसान्तसम्म सिभिल बैंकको पूँजीकोष अनुपात ११.८८ प्रतिशत रहेको छ । ८०.३२ प्रतिशत कर्जा निक्षेप अनुपात रहेको सिभिल बैंकको खराब कर्जा अनुपात १.०५ प्रतिशत रहेको छ ।


क्लिकमान्डु