सनराइज बैंकको २ वटा शाखारहित बैंकिङ सेवा बिस्तार



काठमाडौं । सनराइज बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको चुरे गाउँपालिकाको खानीडाँडामा ८४औं शाखारहित बैंकिङ सेवा बिस्तार गरेको छ । त्यसैगरी नुवाकोट जिल्लाको विदुर नगरपालिका गौरीबेशीमा पनि शाखारहित बैंकिङ सेवा बिस्तार गरेको हो ।

बैंकले खानीडाँडाका लागि स्थानीय व्यवसायी कविता जिसी भाट र गौरीबेशीका रविन्द्र घिमिरेलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायतका सेवाहरु उपयोग गर्न सकिने बैंकले जनाएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटीएम र ८४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु