फोटोन मोटर्स दशैं अफरः फोटोन भ्यान किन्दा पहिलो ३ महिनासम्म किस्ता तिर्नु नपर्ने

273
Shares

काठमाडाैं । सेभ टनाटन अर्न टनाटन स्लोगनसहित फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्स २०७८ सालको दशैं अफर ल्याएको छ।

योजना अन्तर्गत भ्यान भ्यु सीएस२ एलको खरिदमा तीन महिनासम्म किस्ता तिर्नु नपर्ने कम्पनीको भनाइ छ । ८० % सम्म फाइनान्स, २ लाख पचास हजार रुपैयाँसम्म छुट र मात्र १२ लाखको डाउनपेमेन्टमा गाडी दिने कम्पनीले जनाएको छ।

साथै १ वर्षको लागि निःशुल्ल्क बीमा र १ वर्षका लागि निःशुल्क रोड ट्याक्स रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हाल १९ सिट क्षमताको भ्यान भ्यु सीएसमा यो छुट पाइनेछ ।