कुलमान घिसिङ विद्युत् प्राधिकरणको एमडीमा नियुक्त, बुधबार विहानै लिए नियुक्तीपत्र



काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्ती गर्ने निर्णय गरेको थियो । यद्यपि उक्त निर्णय भने गोप्य राखिएको थियो ।

‘सोमबार नै नियुक्त गरिएको हो तर अर्थमन्त्रालयबाट हितेन्द्रदेव शाक्यको हकमा पर्ने दायित्वमा स्वीकृति नदिएकाले निर्णय सार्वजनिक गरिएको थिएन,’ उर्जामन्त्रीको सचिवालयले भन्यो ।

घिसिङ नियुक्त भएसँगै हितेन्द्रदेव शाक्यलाई भने जल तथा उर्जा आयोगको पूर्णकालिन सदस्यका रुपमा ४ वर्षका लागि नियुक्ती गरिएको छ ।

सरकारले सोमबार घिसिङलाई नियुक्त गर्ने निर्णय गरेसँगै मंगलबार शाक्यले प्राधिकरणका कर्मचारीसँग विदा मागेर हिँडेका थिए । नियुक्ती पत्र नबुझेकाले घिसिङले मंगलबार पदभार ग्रहण गरेका थिएनन् ।

घिसिङले बुधबार पदभार ग्रहण गर्नेछन् ।


क्लिकमान्डु