राष्ट्रिय गौरवका तथा प्राथमिकता प्राप्त आयोजनाको खर्च ५८ प्रतिशत मात्रै
काठमाडौं । नेपालमा २२ वटा राष्ट्रिय गौरवका तथा १८ वटा रुपान्तरणकारी आयोजनाहरु सञ्चालित छन् ।
अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ दिँदै यस्ता आयोजनाहरुको कार्यन्वयनमा समस्याहरुको निरन्तरता देखिएको बताए ।
गत आर्थिक वर्ष गौरवका आयोजनाका लागि ८९ अर्ब ४३ करोड ३३ लाख ८१ हजार रुपैयाँ विनियोजन भएको थियो । जसमध्ये ५२ अर्ब ९ करोड ५२ लाख ८१ हजार रुपैयाँ बराबर खर्च भएको छ ।
वित्तीय प्रगतिको हिसाबले पनि आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय गौरवका आयोजनामा विनियोजित रकमको ५८ प्रतिशत मात्र खर्च हुन सकेको अर्थमन्त्री शर्माले जानकारी दिए ।
यी आयोजनाहरु मध्ये कुनै पनि आयोजना पूर्व निर्धारित समय तथा लागत एवम् गुणस्तरीय रुपमा सम्पन्न हुन नसकेको शर्माले बताए ।
‘अवरोधहरुको सहि बिश्लेषण नहुँदा मेलम्ची खानेपानी जस्तो राष्ट्रिय महत्वको आयोजनामा पनि प्रतिकूल प्रभावमा परेको बताइएको छ,’ शर्माले भने, ‘आयोजना कार्यान्वयनमा रहेका विविध कमजोरीका कारण माथिल्लो तामाकोशी जस्तो बहुप्रतिक्षित आयोजना पनि उद्घाटनपछि तत्काल बन्द गर्नु परेको अवस्था छ ।