कृषि सचिवमा गोबिन्द शर्मा, तीन उपसचिव सहसचिवमा बढुवा



काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिवमा गोबिन्द प्रसाद शर्मालाई बढुवा गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले कृषि तथा वन सेवातर्फका सहसचिव शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । कृषि सचिव योगेन्द्र कुमार कार्की अवकास भएपछि मन्त्रालयमा सचिव पद खाली थियो ।

सोमबारकै मन्त्रिपरिषद बैठकले परराष्ट्र सेवाका तीन उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । घनश्याम लम्साल, तेजबहाद्र क्षेत्री र सूर्य भट्टराई सहसचिवमा बढुवा भएका हुन् ।


क्लिकमान्डु