अमेरिकामा फेरि बढ्दैछ कोरोनाको संक्रमणदर, आगामी ४ हप्ता कष्टकर



एजेन्सी । अमेरिकामा पछिल्लो समयमा कोभिड–१९ को संक्रमण बढ्ने देखिएको छ । पछिल्ला केही समयमा संक्रमण बढेपछि कतिपय राज्यमा मास्क लगाउन अनिवार्य पनि गरिएको छ ।

त्यसैगरी कतिपय अस्पतालमा कोभिड संक्रमित बढेका समाचार पनि आइरहेका बताइएको छ । अमेरिकी संस्था सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले आगामी ४ हप्तामा अमेरिकामा कोभिडका संक्रमित बढ्न सक्ने बताइएको छ ।

सो संस्थाका अनुसार आगामी ४ हप्तामा यहाँका अस्पतालमा भर्ना हुने दर बढ्ने तथा उपचारका लागि आएका व्यक्ति मृत्युदर पनि बढ्न सक्ने अनुमान गरिएको छ ।

सो संस्थाले बुधबार विज्ञप्ति प्रकाशित गर्दै कोभिडको संक्रमण अबका चार हप्तामा बढ्न सक्ने देखिएकाले यसको नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउन सबै नागरिकमा अपिल पनि गरेको छ ।

आगामी ४ हप्ता अर्थात् अगष्ट महिनाको २८ तारिखसम्ममा २ हजार ३०० देखि बढीमा नौ हजारसम्म मृत्यु हुने सक्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । यी ४ हप्तामा बढीमा २४ हजार जना जति संक्रमित अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउने पनि सो संस्थाले विज्ञप्तिमार्फत जनाएको छ ।

यसका साथै आगामी चार हप्तामा अमेरिकामा ३ लाख ५० हजार देखि १८ लाखसम्म नै नयाँ संक्रमित थपिन सक्ने पनि जानकारी दिइएको छ । बुधबारसम्म ६ लाख १४ हजार ७०० जनाको निधन भएको छ ।

यहाँ पछिल्लो समयमा मृत्यु हुने दर निकै घटे पनि संक्रमित भने थोरै मात्र थपिने अनुमान गरेको छ । केही दिन यता यो संक्रमण दर बढ्दै गएको देखिए पनि हालसम्म अमेरिकामा ३५.४ जना कोभिडका संक्रमित हुन पुगेका छन् ।


क्लिकमान्डु