‘चन्द्रागिरि हिल्स’ र ‘गोकर्ण फरेष्ट’ले पाए लक्जरी रिसोर्टको मान्यता, पाँचतारे होटल १६ वटा



काठमाडौं । चन्द्रागिरि हिल्स र गोकर्ण फरेस्ट रिसोर्टले लक्जरी रिसोर्टको मान्यता प्राप्त गरेका छन् । पर्यटन विभागले जारी गरेको नयाँ सूचीमा यी दुई रिसोर्टले मान्यता पाएका हुन् । हाल लक्जरी रिसोर्टको मान्यता पाएका यी दुई रिसोर्ट मात्रै हुन् ।

त्यसैगरी बनेपाको आगन्तुक रिसोर्टले डिलक्स रिसोर्टको मान्यता पाएको छ ।

विभागका अनुसार नयाँ सूची अनुसार ९९ वटा साधारण रिसोर्टहरु हाल सञ्चालनमा छन् ।

त्यसैगरी झापाको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालिले पाँच तारे डिलक्स होटलको मान्यता प्राप्त गरेको छ ।

साथै कुल पाँच तारे होटलको संख्या १६ पुगेको छ । हाल नेपालमा दी सोल्टी होटल ताहाचल, होटल डेला अन्नपूर्ण दरबारमार्ग, द होटल एभरेष्ट इन्टरनेशनल नयाँबानेश्वर, पोखरा ग्राण्ड पोखरा, होटल द फूलबारी पोखरा, होटल ओरियण्टल (र्याडिसन होटल), तारागाउँ रिजेन्सी होटल (हायात होटल), याक एण्ड यति होटल दरबारमार्ग, द मल्ल होटल लैनचौर, होटल सांग्रिला लाजिम्पाट, टाइगरवान प्रालि कोटिहवा रुपन्देही, सोल्टी शिवक्रिम होटल तथा रिसोर्ट नेपालगञ्ज, होटल सेन्ट्रल प्लाजा कोहलपुर, होटल एभरेष्ट हस्पिटालिटी एण्ड होटल (होटल मेरियट) र छाँयादेवी कम्प्लेक्स प्रालि (होटल अलफ्ट) ठमेल रहेका छन् ।

साथै लक्जरी बुटिक होटलमा द्वारिकाज काठमाडौं भिलेज होटलसँगै इमिरो प्लाज्मा र होटल पबेरा प्रालि बुढानिलकण्ड रहेका छन् ।

त्यसैगरी ४ तारे होटलको संख्या १९ पुगेको छ भने तीन तारे होटलको संख्या ३३ पुगेको छ । दुई तारे होटलको संख्या ४१ र एक तारे होटलको संख्या ३४ पुगेको छ ।


क्लिकमान्डु