बुध्द एयरको पोखरा-नेपालगञ्ज रूटमा अब सातामा ५ उडान



काठमाडौं । बुध्द एयरले पोखरा-नेपालगञ्ज रुटमा दैनिक ५ वटा उडान गर्ने भएको छ । यसअघि सातामा ३ दिन उडान गर्ने गरी शुरु गरिएकोमा २ वटा उडान थप गरिएको हो । यसअघि सातामा तीन दिन आइतबार, बुधबार र शुक्रबार उडान गर्ने गरी शुरुवात गरिएको थियो ।

पोखरा-नेपालगञ्ज रुटको एकतर्फी भाडा ४ हजार ९३५ रुपैयाँ तोकिएको छ ।

बुध्द एयरले प्रादेशिक उडान गर्ने उद्देश्य अनुसार भैरहवा-भरतपुर रुटमा समेत सातामा ३ दिन उडान शुरु गर्दैछ । उक्त रुटमा आइतबार, बुधबार र शुक्रबार उडान हुने बुध्द एयरले जानकारी दिएको छ ।


क्लिकमान्डु