कर्जाको नवीकरण तथा पुनरसंरचना सुविधाको म्याद थप्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको पुनरसंरचना र पुनरतालिकरणलाई निरन्तरता दिने भएको छ । केन्द्रीय बैंकका गभर्ननर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमार्फत् सो व्यवस्था गरिने बताएका हुन् ।

उनले प्रतिनिधिसभाको अर्थसमितिमा बोल्दै कोभिडको दोस्रो लहर र निषेधाज्ञाको असरको कारण म्याद थप गर्नुपर्ने उनको भनाइ छ ।

‘महामारी प्रभावित क्षेत्र तथा व्यवसायलाई सहुलियत दिँदै मौद्रिक नीतिमा सजकता अपनाउनु आवश्यकता देखिएको छ,’ गभर्नर अधिकारीले भने, ‘कोभिडको दोस्रो लहर र निषेधाज्ञाको असर स्वरुप व्यवसायमा परेको समस्या सम्बोधन गर्न ऋणको नवीकराण तथा पुनसंरचना लगायतका विषयलाई प्रभावको आधारमा निरन्तरता दिनुपर्ने देखिएको छ ।’

कोभिडको प्रत्यक्ष असर रहेका कायम रहेसम्म ती क्षेत्रलाई पुनरकर्जाको निरन्तरता समेत दिनु पर्ने उनले बताए ।

व्यापार घाटा र शोधान्तरमा चाप न्यूनिकरण गर्न विलासिला र अनावश्यक वस्तु आयातमा नियन्त्रण गर्दै आयात प्रतिस्थापनमा जोड दिनुपर्ने उनको भनाइ छ ।

साथै, चालु आर्थिक वर्षमा वित्तीय क्षेत्रको विकास रणनीति र नेपाल राष्ट्र बैंकको चौथो रणनीतिक योजना तयार गर्नु पर्ने भएकाले वित्तीय क्षेत्रको दिगो तथा समावेशी र प्रविधि सहितको विकासका लागि प्राथमिकता दिनुपर्ने उनले बताए ।


क्लिकमान्डु