सरकारले योजना बनाउँछ तर कार्यान्वयनमा सघाउँदैनः गभर्नर अधिकारी



काठमाडौं । सरकारले हरेक वर्ष बजेट भाषणबाट बिभिन्न योजना तथा कार्यक्रम सार्वजनिक गर्ने तर कार्यान्वयनमा सरोकारवाला निकायसँग समन्वय र सहकार्य नगरेको गुनासो गरेका छन् ।

गत आर्थिक वर्षको मौद्रिक नीतिको कार्यान्वयन र चालू आर्थिक वर्षको मौद्रिक नीतिले समेट्नुपर्ने विषयबारे संघीय संसदको अर्थसमितिमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने सरकारको योजना प्रभावकारी कार्यान्वयन किन हुन नसकेको भन्दै सांसदहरुले समितिमा प्रश्न उठाएका थिए ।

जवाफमा गभर्नर अधिकारीले सरकारले लागू गरेका कार्यक्रम कार्यान्वयनमा सरकारको साथ सहयोग (ब्याकिङ) चाहिने बताए ।

‘सरकारले वार्षिक बजेटमा राखेका कार्यक्रम कार्यान्वयन भए नभएको बारे सम्बन्धित निकायसँग समन्वय र सहयोग गर्नुपर्छ । बजेटमा मात्रै राख्ने कार्यान्वयनमा नसघाउने हो भने त्यसको प्रभावकारिता हुँदैन’ उनले भने ।

गतवर्ष १३७ जनाले शैक्षिक प्रमाणपत्र धितो राखेर ६ करोड ३७ लाख रुपैयाँ बराबर मात्रै ऋण गएको र यो कार्यक्रम अपेक्षित रुपमा प्रभावकारी हुन नसकेको उनले बताए ।


क्लिकमान्डु