चोरी भएका २३ वटा मोटरसाइकल धनी फिर्ता पाए



काठमाडौं । ट्राफिक प्रहरीले विभिन्न समयमा चोरी भई भेटिएका २३ वटा मोटरसाईकल सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार विभिन्न समयमा चोरी भई भेटिएका २३ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको हो ।

लकडाउनपछि खोजीगरी भेटिएका मोटरसाइकलहरु आज सम्बन्धित सवारी धनीलाई बुझाइएको एसएसपी जनक भट्टराईले जानकारी दिए ।

हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर मोटरसाइकल र ११ वटा अन्य कम्पनीका रहेका छन । एसएसपी भट्टराईले आफूहरु सवारी साधन चोरी हुनै नदिने अभियानमा लागि परेको बताए । सकेसम्म चोरी नै हुन नदिने, भए तत्काल खोजी सम्बन्धित सवारी धनीलाई बुझाउने आफूहरुको अभियाननै रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाले १५ दिन अघि पनि ५० वटा चोरी भएका मोटरसाइकल फेला पारी धनीलाई बुझाएको थियो । एसएसपी भट्टराईले हालसम्म चोरी भएका मोटरसाईकल करि ७० प्रतिशत मात्रै भेटने गरेको पनि जानकारी दिए ।

महाशाखाले हाल काठमाडौं उपत्यका र त्यस वरपरका जिल्लामा मात्रै हराएको मोटरसाइकलको खोजी गर्दै आएको छ । अव भने त्यसको दायरा देशभर पु¥याउने योजना बनाइएको एसएसपी भट्टराईले बताए । चोरी भएका सबै मोटरसाइकल पत्ता लगाउन पनि यसको खोजीको दायरालाई देशभर बनाउनुपर्ने अवस्था आएको महाशाखाले स्पष्ट पारेको छ ।


क्लिकमान्डु