एउटै मोबाइल पसलबाट ७ करोड ३७ लाख कर छली, बुटवलको एभरेस्ट मोबाइल सेन्टरविरुद्ध मुद्दा



काठमाडौं । बुटवलको एक मोबाइल पसलले करिब साढे ७ करोड रुपैयाँ राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले मंगलबार उच्च अदालत बुटवलमा मुद्दा दायर गरेको छ ।

बुटवलमा सञ्चालनमा रहेको एभरेस्ट मोबाइल सेन्टरका सञ्चालक सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का विष्णु ज्ञवालीविरुद्ध विभागले मुद्दा दर्ता गरेको हो ।

उनले ७ करोड ३७ लाख ७५ हजार रुपैयाँ बराबर कर छली गरेको विभागले दायर गरेको मुद्दामा उल्लेख छ ।

ज्ञवालीले सञ्चालन गरेको मोबाइल पसलमा रहेका सामानको गणना गर्दा देखिएको मौज्दात र बिक्रीको विवरण हेर्दा फरक देखिएको विभागले जनाएको छ ।

उनले वित्तीय विवरण र आय–व्यय विवरण लुकाएको, मालबस्तु बिक्री गर्दा बिल बिजक जारी नगरी न्यून मौज्दात देखाएको र भन्सार चोरी पैठारी गरी मालवस्तुको अधिक मौज्दात देखाई वास्तविक आय लुकाएको देखिएको छ ।


क्लिकमान्डु