काठमाडौंमा सभा सम्मेलन र धर्ना जुलुस नगर्न प्रशासन कार्यालयको चेतावनी



काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना महामारीको जोखिम फेरि बढेको भन्दै कुनै पनि प्रकारका भिडभाडजन्य क्रियाकलपा नगर्न चेतावनी दिएको छ । कार्यालयले आज एक सूचना जारी गदैै सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, ¥यालीजस्ता गतिविधिमा संलग्न नरहने पनि आग्रह गरेको छ ।

कार्यालयले स्वास्थ्य मापदण्डको परिपालना गर्न, मास्कको उचित प्रयोग गर्न, भौतिक दूरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिविधि सञ्चालन नगर्न पनि आग्रह गरेको छ ।

काठमाडौं जिल्लामा निषेधाज्ञा कायमै रहेको भन्दै काठमाडौं उपत्यकाका अस्पतालहरुमा भेन्टिलेटर, आइसीयू र आकस्मिक सेवाका बेडमा बिरामीको चाप पनि बढ्दै गएको उल्लेख गरेको छ ।


क्लिकमान्डु