कोरोना नियन्त्रणका लागि १०० दिने योजना बनाउँदै सरकार



काठमाडौं । कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि सरकार १०० दिने योजना बनाएर जाने भएको छ ।

आइतबार गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा सुरक्षा निकायका प्रमुख र स्वास्थ्य मन्त्रालयका अधिकारीहरुबीच भएको छलफल पछि महामारी नियन्त्रणका लागि १ सय दिने योजना बनाएर जाने निर्णय भएको हो ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार ट्वीटमार्फत सरकारको उक्त योजनाबारे जानकारी दिएका हुन् ।

‘कोभिड–१९ संक्रमणको बढ्दो चुनौतीलाई दृष्टिगत गर्दै सरकारले १०० दिने महामारी नियन्त्रण योजना तयार गरी प्रभावकारिताका साथ लागु गर्ने भएको छ,’ राज्यमन्त्री श्रेष्ठले लेखेका छन् ।

उक्त छलफल पछि १ सय दिने कार्ययोजना बनाउने, त्यसलाई प्रभावकारी कार्यान्वयन गर्ने र खोपको पहुँच बिस्तार गर्ने विषयमा पनि छलफल भएको थियो ।


पुष्प दुलाल