विदेश जाने श्रमिकलाई आजदेखि जोन्सन एण्ड जोन्सन खोप



काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई गन्तव्य मुलुकले खोप अनिवार्य गरेसँगै सरकारले प्राथमिकताको आधारमा खोप दिने भएको छ ।

वैदेशिक रोजगारी सम्बद्ध निजी तथा सरोकारवालाहरूले रोजगारीमा जाने सम्पूर्ण श्रमिकलाई प्राथमिकताको आधारमा खोप प्रदान गर्न माग गरेसँगै सरकारले खोप दिने भएको हो ।

त्यस्तै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरूदाई जोन्सोन एण्ड जोन्सनको खोप दिने भएको छ । जसमा रोजगारीमा जानको लागि भिसा तथा अन्तिम स्वीकृतिको आधारमा गंगालाल हस्पिटल बासबारीमा आजबाट खोप दिन शुरु भएको नेपाल वैदेशिक रोजगारी व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए ।

नेपालको प्रमुख गन्तव्य रहेको खाडी मुलुकहरूका रोजगारदाताले आफ्नो देशमा प्रवेश गर्नको लागि क्वारेन्टिन, पिसिआर परिक्षण गर्नुपर्ने र रिपोर्ट नेगेटिभ आएपनि होम क्वारेन्टिन बसेर मात्रै प्रवेश गर्न पाउने जनाएको थियो ।

यसले गर्दा श्रमिकहरूमा भार पर्ने भएकाले श्रमिकहरू जान सकेका थिएन । त्यसैले व्यवसायी र सरकारवालाहरूको माग अनुसार सरकारले प्राथमिकताको आधारमा खोप प्रदान गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु