सेयर बजारबाट एक वर्षमा उठ्यो १४ अर्ब पुँजीगत लाभकर



काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा सेयर बजारबाट १४ अर्ब रुपैयाँ बराबरको पुँजिगत लाभकर संकलन भएको छ ।

विगतका आर्थिक वर्षमा मुस्किलले १ अर्ब पुँजिगत लाभकर संकलन हुने सेयरबजारबाट गत आर्थिक वर्षमा मासिक १ अर्ब रुपैयाँभन्दा बढी पुँजिगत लाभकर संकलन भएको हो ।

पछिल्लो एक वर्षमा सेयर लगानीकर्ता मात्रै बढेका छैनन नेप्से परिसूचकले सर्वाधिक उचाइको विन्दु पार गर्दा दैनिक कारोबार मात्रै १९ अर्ब ५५ करोड रुपैयाँसम्म पुगेको थियो ।

गत आवमा सेयर बजारका लगानीकर्तासँगै डिम्याट खाता र मेरोसेयर खोल्नेको संख्या पनि उत्तिकै बढेको छ । सीडीएससी क्लियरिङ हाउसका अनुसार गत साउन १ गते १७ लाख २३ हजार ९७४ जनाले डिम्याट खाता खोलेकोमा आर्थिक वर्षको अन्त्यसम्ममा यस्तो खाता खोल्नेको संख्या ३७ लाख ३६ हजार ९२६ पुगेको छ । त्यसैगरी मेरो सेयरमा खाता खोल्नेको संख्या पनि ७ लाख ४२ हजार ४९ जनाबाट बढेर २८ लाख ५२ हजार २३३ पुगेको छ ।

त्यसैगरी टीएमएस लिनेको संख्या पनि ३५ हजार ९१९ बाट बढेर ९ लाख ९१ हजार ९९३ पुगेको छ ।


क्लिकमान्डु