सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो



काठमाडौं । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएकोमा बुधबार ३ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कामय भएकोमा बुधबार ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम भएकोमा बुधबार ५ रुपैयाँले घटेर १३ सय १५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु