भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको आदेश
झकाठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ ।
सोमबार बिघटन परेको विरुद्ध रिटमा सुनुवाई गर्दै यस्तो फैसला गरेको हो ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक बिघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै ७ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन समेत आदेश जारी गरेको छ ।