७ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरी ७ दिनभित्र अधिवेदन बोलाउन परमादेश जारी गरेको छ ।
सोमबार सर्वोच्च अदालतले बिघटन विरुद्ध परेको रिटमा सुनुवाई गर्दै २ दिनभित्र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न समेत आदेश दिएको छ ।
सर्वोच्च अदालतले आगामी साउन ४ गते साँझ ५ बजेभित्र संसद बैठक बोलाउन सर्वोच्चले परमादेश जारी गरेको हो ।