कालिगण्डकी कोरिडोर निर्माणमा ढिलाइ गर्ने ठेकेदारसँग ठेक्का तोड्ने तयारी



काठमाडौं । कालिगण्डकी कोरिडोर (गैडांकोट–राम्दी–मालढुंगा) सडक योजनाले सन्तोषी÷प्यासिफिक÷नेपाल प्रगति जेभीसँग ठेक्का सम्झौता अन्त्य गर्ने तयारी गरेको छ ।

कालिगण्डकी कोरिडोर सडक योजना र सन्तोषी/प्यासिफिक/नेपाल प्रगति जेभीबीच २०७० चैत ३ गते दैलातुङ–दरपोक सडक खण्ड निर्माण कार्य लागि सम्झौता गरि २०७० चैत ५ गते कार्यादेश जारी गरिएको थियो । पूर्वनिर्धारित क्षतिपूर्ति लाग्नेगरि २०७७ मंसिर २८ सम्म २ पटक ठेक्काको म्याद थप गरिएको थियो

थप गरिएको अवधिमा पनि निर्माण कार्य सम्पन्न नभएकाले कार्यालयले धेरै पटक पत्रद्वारा निर्माण कार्य सम्पन्न गर्न ताकेता गरिएको थियो ।

निर्माण कार्य सम्पन्न गर्ने तर्फ कुनै तदारुकता नदेखाएको, तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न रिभाइज वर्क सेडुल पेश गरी उपकरणसहित साइट मोबिलाइज हुन अनुरोध गर्दै साइटमा उपस्थित हुन पत्रचार गर्दा समेत निर्माण स्थलमा उपकरण, श्रमिक परिचालन भएको देखिएको छैन ।

ठेक्का फरफारक गर्ने उद्देश्यले साइटमा कुनै गतिविधि समेत नदेखिएको, यस कार्यालयबाट पत्रद्वारा उठान गरिएका बिषयवस्तुलाई जिम्मेवारीपूर्वक सम्बोधन नगरिएको पाइएको छ ।

बारम्बार मौखिक तथा लिखित पत्रबाट ठेक्का सम्पन्न गर्न पत्राचार गरिएकोमा बेवास्ता गरिएकोले जीसीसीको ठेक्का अन्त्य सम्बन्धी कल्ज नं. ५८.१,५८.२ आकर्षित भएको आयोजनाले जारी गरेको सूचनामा उल्लेख छ ।

सार्वजनिक निर्माण कार्यका लागि ठेक्काको म्याद २ वर्ष रहेकोमा सो पश्चात ६ वर्ष २ महिना बढी समय व्यतित गरिसक्दा पनि निर्माण कार्य सम्पन्न नगरेकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (२) क र ५९ (७) बमोजिम ठेक्का सम्झौता अन्त्य किन नगर्ने ? कुनै विश्वसनीय कारण, ठोस आधार सहित स्पष्टिकरण लागि ७ दिनभित्र भौतिक रुपमा उपस्थित हुनका लागि सूचना प्रकाशित गरिएको छ ।

कार्यालयले सूचनालाई अन्तिम ताकेता मानि ठेक्का सम्झौताको शर्तहरु, सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम ठेक्का अन्त्य गर्ने जानकारी दिएको छ ।


क्लिकमान्डु