शिक्षामन्त्रीले राजीनामा नदिए संसद मै अनसन बस्ने पासवानको चेतावनी



काठमाडौं । राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामाको माग गरेको छ ।

जातिय विभेदको मुद्दा खेपिरेहकी एक महिलालाई प्रहरी कार्यालयबाट मन्त्री श्रेष्ठले सरकारी गाडी प्रयोग गरी लिन गएको भन्दैप्रति आपत्ति जनाउँदै उनले राजीनामा माग गरेका हुन् ।

बुधबार दिउँसो राष्ट्रिय सभामा बोल्दै पासवानले शिक्षामन्त्री श्रेष्ठले तुरुन्तै राजीनामा दिनुपर्ने माग गरे ।

‘दलितलाई व्यक्तिको घरमा मात्रै होइन, देउताको मन्दिरमा प्रवेश निषेध छ, सार्वजनिक धारामा बञ्चित गरिएको छ । हामीले २०६३ जेठ २१ गते हामीले छुवाछुट मुक्त घोषणा गरिसकेका छौं, जातका आधारमा छुवाछुट गर्नेलाई ३ वर्षसम्म जेल र २ लाख रुपैयाँ जरिवाना समेत व्यवस्था गरिएको छ तर आज राजधानीमा रुपा सुनार दलित भएकै नाताले अपमानित हुनु परेको छ । कोठा पाउन सक्नु भएको छैन । तर बाहलबाला मन्त्री श्रेष्ठले हिरासतबाट सरकारी गाडीमा लिएर जानु भएको छ । यो संविधान विरुद्धको काम हो,’ उनले भने ।

उनले राजीनामा नदिए संसदमै अनसन बस्ने बताए ।


क्लिकमान्डु