भारतले पाम आयलको आयातमाथिको प्रतिबन्ध हटायो



काठमाडौं । भारत सरकार पाम आयलको आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । करिब डेढ वर्षपछि आयातमा लगाइएको प्रतिबन्ध हटाएको हो ।

भारत सरकारले आर्थिक वर्ष २०७६ पुस २३ गते पाम आयलको आयातमा प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । तर, भारतले बुधबारदेखि पुनः पाम आयलको आयात खुला गरेको भारतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेडले जनाएको छ ।

विगतको दिनमा उल्लेखनीय रुपमा नेपालबाट निर्यात हुँदै आएको पाम आयल भारतले आयातमा प्रतिबन्ध गरेसँगै अहिले उक्त वस्तुको निर्यात शून्य जस्तै रहेको छ ।

नेपालको व्यापार घाटा घटाउन महत्वपूर्ण ठानिएको पाम आयलमा भारतले लगाएको प्रतिबन्ध गरेपछि अहिले भट्मासको तेलको निर्यात उच्च रहेको छ ।

नेपालमा पाम आयलको उत्पादन हुँदैन् । विगतको दिनमा नेपालबाट निर्यात हुँदै आएको पाम आयल नेपाली उद्योगीहरूले मलेसिया र इन्डोनेसियाबाट पाम आयात गर्छन् ।

सोही पाम आयात गरी नेपाली व्यवसायीले प्रशोधन गरेर भारततर्फ निकासी गर्दै आएकोमा भारत सरकारले बारम्बार गुणस्तरमा प्रश्न उठाउँदै आएका थिए ।


क्लिकमान्डु