कपिलवस्तुको तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटनमन्त्रीको निर्देशन
काठमाडौं । नवनियुक्त सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले कपिलवस्तुस्थित प्राचिन तिलौराकोट पुरातात्विक क्षेत्रलाई संरक्षण गरी संरक्षित स्मारक क्षेत्र बनाउने घोषण गरेका छन् ।
केही दिनअिघ मात्रै पर्यटनमन्त्रालयको जिम्मेवारी सम्हाल्ने जिम्मेवारी पाएका श्रेष्ठले मुख्य स्तम्भमध्ये महत्वपूर्ण स्तम्भ पर्यटन क्षेत्र भएकाले नेपालको एतिहासिक महत्व, समृद्ध, संस्कृति, भौगोलिक विविधता तथा प्राकतिक सौन्दर्यको भरपुर उपयोग गरी पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए ।
उनले नेपाल एयरलाइन्स घाटामुक्त हुने गरी काम गर्ने पनि निर्देशन दिए ।
उनले नागरिक उड्डयन प्राधिकरणलाई इयूको कालोसूचीबाट हटाउनका लागि पनि काम गर्न निर्देशन दिए ।