स्वास्थ्य संस्था, अस्पताल र लिक्विड अक्सिजन प्लान्टले ५० करोडसम्म पुनरकर्जा पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले केही क्षेत्रका लागि पुनरकर्जा रकमको सीमा बढाएको छ ।

राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि-२०७७ संशोधन गर्दै स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट स्थापना गर्नका लागि प्रदान गरिने कर्जाको हकमा भने प्रति ग्राहक ५० करोड रुपैयाँसम्म पुनरकर्जा दिने व्यवस्था गरेको छ ।

त्यसबाहेकका अन्य ग्राहकले भने यसअघि कायम भएको अधिकतम २० करोडसम्म पुनरकर्जा पाउनेछन् । यसरी ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुन नहुने राष्ट्र बैंकको भनाइ छ ।


क्लिकमान्डु