निषेधाज्ञा खुकुलो भएसँगै प्रतिलिटर २ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं । नेपाल आयल निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमका अनुसार डिजेल, पेट्रोल र हवाई ईन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको हो ।

नयाँ मूल्य कायम भएसँगै डिजेल प्रतिलिटर ११० पेट्रोल १२७ र आन्तरिकतर्फ हवाई ईन्धन प्रतिलिटर ८२ रुपैयाँ पुगेको छ ।

त्यस्तै अन्तर्राष्ट्रियतर्फको उडानको हवाई ईन्धनमा प्रतिकिलोलिटर २० अमिरिकी डलर वृद्धि गरिएको छ ।


क्लिकमान्डु