असारको ४ दिनमा वाणिज्य बैंकहरुले शुन्य निक्षेप संकलन गर्दा ४ अर्ब कर्जा दिए



काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले असारको ४ दिनमा ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । तर यस अवधिमा बैंकहरुको निक्षेप संकलन भने शुन्य रहेको छ ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अनुसार गत जेठ ३१ गते बैंकहरुले ३६ खर्ब ४६ अर्ब करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

असार ४ गतेसम्म आइपुग्दा बैंकहरुले ४ अर्ब रुपैयाँ थप गरी ३६ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह पुर्याएका छन् । सो अवधिमा बैंकहरुबाट विदेशी मुद्रामा मात्र कर्जा प्रवाह भएको देखिन्छ ।

जेठ ३१ गतसम्म बैंकहरुले १ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । असार ४ गतेसम्म १ खर्ब ५५ अर्ब रुपैयाँ विदेशी मुद्रामा कर्जा प्रवाह गरेका छन् ।

यसैगरी, सो अवधिमा बैंकहरुको निक्षेप संकलन भने शुन्य रहेको छ । गत जेठ ३१ गतसम्म बैंकहरुको ३९ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन रहेकोमा असार ४ गतेसम्म सोही कायम छ ।


क्लिकमान्डु