सुनको आयात तथा विक्री वितरण सञ्चालन गर्न माग



काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनको आयात तथा बिक्री वितरण सञ्चालन गर्न माग गरेको छ ।

कोभिड-१९ को नियन्त्रणको क्रममा गत बैशाख १६ गते देखि लकडाउन घोषणा गरिए पश्चात बन्द भएको सुनचाँदी व्यवसायले सुनको आयात तथा बिक्री वितरण सञ्चालन गर्न माग गरेको हो ।

महासंघका अनुसार गहना व्यवसायमा बैंकबाट बिक्री वितरण हुने सुनको आपूर्तिलाई पनि पुनः सञ्चालन गर्नुपर्ने भएकाले सम्बन्धित निकायले निर्देशन दिएको जनाएको छ ।

साथै महासंघले दैनिक २० केजी सुन विक्री वितरण हुँदै आएकोमा लामो समय पश्चात बजार खुलेको र आगामी दिनमा प्रमुख चाड-पर्वहरुको समय भएकाले सुनको कोटा दैनिक ३० केजी पुर्याउने पर्ने भन्दै नेपाल राष्ट्र बैंक समक्ष नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले अनुरोध गरेको छ ।


क्लिकमान्डु