तपाईंको वार्षिक कमाई अनुसार कति कर तिर्ने ? यस्तो छ आयकरको दर



काठमाडौं । आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि आयकरको दर सार्वजनिक गरेको छ ।

सरकारले आगामी आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत व्यवसायिक करको सीमामा केहि हेरफेर गरेपनि व्यक्तिगत आम्दानीमा लाग्ने करमा भने गतवर्षकै दरलाई निरन्तरता दिएको छ ।

मौजुदा व्यवस्थाअनुसार अहिले न्यूनतम १ प्रतिशतदेखि अधिकतम ३६ प्रतिशतसम्म आयकर तिर्नुपर्छ । अहिले एकल व्यक्तिका लागि वार्षिक ४ लाख रुपैयाँसम्मको करयोग्य आय र दम्पतीको हकमा ४ लाख ५० हजार रुपैयाँसम्म वार्षिक आम्दानी भएमा १ प्रतिशत आयकर लाग्छ ।

त्यस्तै, एकल व्यक्तिको ४ लाख देखि ५ लाख रुपैयाँसम्मको आयमा कम्तीमा ४ हजार रुपैयाँ अर्थात आयको १० प्रतशित आयकर तिर्नुपर्नेछ । दम्पतीका हकमा भने ४ लाख ५० हजार रुपैयाँदेखि ५ लाख ५० हजार रुपैयाँसम्मको आयमा न्युनतम ४ हजार ५ सय रुपैयाँ अर्थात आयको १० प्रतिशत कर तिर्नुपर्नेछ ।

व्यक्तिगत आयमा ५ देखि ७ लाख र दम्पतीका हकमा साढे ५ लाख देखि साढे ७ लाख रुपैयाँसम्मको करयोग्यमा आम्दानीमा २० प्रतिशत आयकर तिर्नुपर्नेछ । यसमा न्युनतम १४ हजार रुपैयाँ आयकर तिर्नुपर्नेछ ।

वार्षिक ७ लाख रुपैयाँ देखि २० लाख रुपैयाँसम्मको आयमा ३० प्रतिशत र वार्षिक २० लाख रुपैयाँभन्दा बढीको आम्दानीमा ३६ प्रतिशत कर तिर्नुपर्नेछ ।

यस्तो छ आयकरको दरः


क्लिकमान्डु