अब यति शक्तिशाली भएर आउँदैछ सामसुङ ग्यालेक्सी एस ८
काठमाडौं । ‘सामसुङ ग्यालेक्सी एस ८’ संसारको सबैभन्दा पावरफुल एन्ड्रोइड स्मार्ट फोनको रुपमा निमार्ण हुने भएको छ ।
अर्को वर्षको सुरुवातदेखि बजारमा उपलब्ध हुने सामसुङको यस फोनमा ठूलो र चम्किलो स्क्रिन, पहिलेको भन्दा अझ विस्तारित क्यामरा र अत्यन्तै शक्तिशाली हार्डवेयर रहने अनुमान गरिएको छ ।
यस सेटमा नयाँ प्रोसेसरको रुपमा कुअल्कोम्म प्रोसेसरको प्रयोग गरिने कम्पनीले जनाएको छ ।
कुअल्कोम्मको स्न्यापड्रागोन चिप्स संसारको शीर्ष एन्ड्रोइड स्मार्ट फोनहरुमा प्रयोग भईसकेको छ । ‘सामसुङ ग्यालेक्सी एस ८’ मा स्न्यापड्रागोन ८३५ चिप्स रहने कम्पनीले पुष्टि गरेको छ ।
प्रमुख रुपमा ‘सामसुङ ग्यालेक्सी एस ८’ रहने कम्पूटिङ पावरमा धेरै सुधार गरिएको छ, जसका कारण एकैपल्टमा धेरै काम गर्न सकिन्छ । यसमा प्रयोग हुने ब्याट्री पहिलेको भन्दा धेरै टिकाउ लगायत धेरै कुरामा सुधार गरिएको दाबी गरिएको छ । कम्पनीले यो स्मार्ट फोन आजको मितिसम्म निर्माण भएका फोन सेटहरु मध्यको सबैभन्दा शक्तिशाली स्मार्ट फोन हुने दाबी गरेको छ ।
स्नापड्रागोन ८३५ चिप्स अर्को वर्ष देखि नयाँ फोनहरुमा देखा पर्न सुरु हुनेछ । ८३५ चिप्स कति शक्तिशाली छ भनेर जान्नका लागि २०१७ को जनवरीसम्म प्रतिक्षा गर्नुपर्ने हुन्छ । त्यस समय कुअल्कोम्मले आफ्नो शीर्ष उत्पादन बारे थप जानकारी दिने बताइएको छ ।
स्न्यापड्रागोन ८३५ चिप्स निर्माणका लागि कुअल्कोम्म र सामसुङ मिलेर काम गरिरहेका छन् । यो कुअल्कोम्म कम्पनीले निमार्ण गर्न लागेको प्रथम १० नानोमिटर चिप्स हो ।
यो मोबाइल प्रोसेसर आजका दिनसम्म संसारमा उप्लब्ध मोबाइल प्रोसेसरहरु मध्यको सबैभन्दा पातलो प्रोसेसर हो । यो प्रोसेसर कतिसम्म पातलो छ भने यसका सामू कागजको टुक्रा र मान्छेको कपाल पनि मोटो लाग्छ ।
यस स्मार्ट फोनलाई नेक्स्ट जेनेरेसन स्मार्ट फोन पनि भन्न सकिन्छ । अर्को पुस्ताका लागि फोन निमार्ण गर्ने कम्पनीहरुले जतिसक्दो स्लिम बनोट नै उत्पादन गर्ने तर्फ ध्यान केन्द्रित गरिरहेका छन् । अर्को पुस्तालाई कुनै मोडेलको मोबाइल फोनले आकर्षण गर्छ भने त्यो स्लिम डिभाइस बाहेक अरु हुनै सक्दैन ।
सेट स्लिम हुनको फाइदा पनि धेरै रहेको छ । सेट स्लिम भएमा ठूलो र शक्तीशाली ब्याट्री र थप फिचरका लागि प्रयाप्त ठाउँ सजिलै उप्लब्ध हुन्छ ।
एक्सप्रेस डट को डट यूकेको सहयोगमा ।