पर्यटन विभागद्वारा थप ७० होटल क्वारेन्टिनका लागि सिफारिस (सूचिसहित)



काठमाडौं । पर्यटन विभागले थप ७० होटल क्वारेन्टिनका लागि सिफारिस गरेको छ ।
विभागले न्यूनतम मापदण्डसहित ७० वटा होटल क्वारेन्टिनका लागि सिफारिस गरेको हो ।
यसअघि तोकिएका ८ वटा होटललाई क्वारेन्टिनका लागि अनुमति दिएकोमा हाल थप पाँच ७ वटा तारे होटलसहित ७० वटा होटललाई क्वारेन्टिनका लागि सिफारिस गरेको हो ।
विभागले ७ वटा पाँचतारे होटल, ३ वटा चार तारे होटल, ७ वटा तीन तारे होटल र पर्यटकस्तरीय ५१ वटा होटल र २ वटा रिसोर्टलाई क्वारेन्टिका लागि सिफारिस गरेको हो ।
विभागका अनुसार क्वारेन्टिनका लागि कम्तीमा २० वटा कोठा भएको, स्वास्थ्यसम्बन्धि तोकिएको मापदण्ड पालना गर्ने गरी होटल परिसरको छुट्टै गेट वा कम्पाउण्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुला ठाउँ र बगैँचा भएको हुनुपर्नेछ ।
त्यसका साथै होटल क्वारेन्टिनमा रहेका हवाई यात्रुलाई सेवा प्रदान गर्न (खाना, पानी, अन्य लजिष्टिजक सपोर्ट र स्वाव परीक्षणको नमूना संकलनका लागि पर्याप्त खुला ठाउँ भएको हुनुपर्नेछ ।
त्यसका साथै होटलको कोठामा टिभी, वाइफाइ अनिवार्य भएको हुनुपर्नेछ । होटलको कोठामा अट्याच ट्वाइलेट र नुहाउन तथा पिउन तातो पानीको व्यवस्था भएको हुनुपर्नेछ ।
होटलमा खाना र अनय सेवाहरु कोठामा वा प्यासेजमा मात्र प्रदन गर्ने व्यवस्था भएको हुनुपर्नेछ । होटलको प्रत्येक प्रस्थान कक्षमा साबुनपानीले हात धुने व्यवस्थाका साथै सेनिटाइजरको व्यवस्था भएको हुनुपर्नेछ भने होटलले प्रदान गर्ने सेवाहरु सामूहिक रुपमा खाना खाने स्थल, बुफे, जिम, साउना, इन्डोर तथा आउटडोर गेम पूर्णरुपमा बनद गरेको हुनुपर्नेछ  ।
त्यसका साथै प्रत्येक कोठामा एक हप्तासम्म पुग्ने गरी साबुन, टुथपेस्ट, ब्रस, हेन्डवास र टाबेल राखिएको हुनुपर्नेछ ।
त्यसका अतिरिक्त नेपाल तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड, २०७८ मा तोकिएको क्षेत्रमा होटल हुनुपर्ने उल्लेख छ ।
होटलको सूची 


क्लिकमान्डु