माओवादी छाडेर एमाले आएका ७ मन्त्रीको नियुक्ती बदर



काठमाडौं । माओवादी छाडेर एमाले प्रवेश गरी ७ जनाको मन्त्रिपद बदर भएको छ ।

बदर गरी पाउँ भनि सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाई गर्दैै प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको एकल इजलासले निवेदनको अन्तिम टुंगो नलाग्दासम्म संविधानको मूल मर्म र भावना विपरीत भएको आदेश जारी गरेको हो ।

‘यो निवेदनको अन्तिम टुंगो नलागेसम्म यसरी प्रत्यक्षीहरुलाई मन्त्री बनाउन सिफारिस गरी नियुक्ती गरिएको र सपथग्रहण लगायतका कार्यहरु संविधान अनुकुल नहरेकाले मन्त्रीको हैसियतमा कुनै पन िकाम काराबाही नगर्नु भनी सर्वोच्च अदालत नियमावली २०७४ का नियम ४९ बमाजिमक विपक्षीका नाममा अन्तिरम आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ ।

सर्वोच्च अदालतको उक्त आदेशसँग मणिचन्द्र थापा, दावा लामा तामाङ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरिशंकर चौधरी र रामबहादुर थापाको नियुक्ती बदर भएको छ ।


क्लिकमान्डु