नेप्सेमा १३ अंकको करेक्सन, कारोबार रकम र संख्यामा भने नयाँ रेकर्ड



काठमाडौं । लगातार बढेर नयाँ रेकर्ड कायम गरेको नेप्सेमा बुधबार करेक्सन देखिएको छ ।

प्रि-ओपनमा २२.३६ अंकले बढेर २७१६.२६ अंकसम्म पुगेको नेप्से परिसूचक बजार बन्द हुँदासम्म उतारचढावपछि १३.०९ अंकको करेक्सन देखिएको छ । बजार बन्द हुँदासम्म परिसूचक २७८०.८१ अंकमा सीमित भएको छ ।

सेयर बजारमा बुधबार ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १२८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

करेक्सनका बीच पनि कारोबार संख्या र कारोबार रकममा भने नयाँ रेकर्ड बनेको छ ।

बुधबार कुल २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता सेयर ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४१० रुपैयाँ ७२ पैसामा कारोबार भएको छ ।

यसअघि मंगलबार कुल २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता सेयर ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यो दिन सबैभन्दा बढी कमाउने कम्पनीमा समता घरेलु (९.९९ प्रतिशत), रुरु जलविद्युत् परियोजना (९.९६ प्रतिशत), गुँरास फाइनान्स (९.९३ प्रतिशत), नेपाल फाइनान्स (९.८२ प्रतिशत), कर्णाली डेभलपमेन्ट बैंक (९.६२ प्रतिशत)ले सेयर मूल्य बढेको छ ।

साथै सबैभन्दा बढी गुमाउने कम्पनीमा नगाडी ग्रुप पावर लिमिटेड (६.८८ प्रतिशत), युनिभर्सल पावर कम्पनी (५.९७ प्रतिशत), युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड (५.९२ प्रतिशत) नेपाल हाइड्रोडेभ्लपर्स (५.७० प्रतिशत) कम्पनी छन् ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रो पावर कम्पनी, राधी विद्युत् कम्पनी, सगरमाथा इन्स्योरेन्स कम्पनी अगाडि छन् ।


क्लिकमान्डु