सर्वोच्च अदालतमा भर्चुअल बहसको शुरुवात
काठमाडौं । सर्वोच्च अदालतले मंगलबारदेखि भर्चुअलमाध्यमबाट पनि बहस गर्न पाउने व्यवस्था गरेको छ । आजदेखि भर्चुअल बहस शुरुवात गरेको हो ।
सर्वोच्च अदालतले कानून व्यवसायीलाई आफ्नै फर्मबाट अथवा अदालतको सञ्चार कक्षबाट बहस गर्न सक्ने व्यवस्था मिलाएको हो ।
मंगलबार न्यायाधीश अनिल सिन्हाको इकल इजलासबाट सर्वोच्च अदालतले भर्चुअल बहसको व्यवस्था मिलाएको थियो ।
आजको बेञ्चमा बन्दिप्रत्यक्षिकरण सम्बन्धि ६ वटा निवेदनको सुनुवाई भएको थियो । शुरुवातको चरणमा एउटा बेञ्चबाट भएको बहसलाई सरोकारवालासँगको समन्वयमार्फत् व्यवस्थित गरिने सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले बताए । सर्वोच्च अदालतले आफ्नो न्यायापालिकाको चालू रणनीति योजनामा प्रविधिमैत्री बहस बनाउने लक्ष्य लिएको छ ।