नेशनल लाइफको सीइओमा सुरेश खत्री नियुक्त

196
Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृतमा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् । उनकोको नियुक्तीलाई नियमनकारी निकाय बीमा समितिले स्वीकृत प्रदान गरेको छ।

कम्पनीको संचालक समिति बैंठकले प्रमुख कार्यकारी अधिकृत मा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्न सिफारिस गरी बीमा समितिसँग सैद्धान्तिक सहमतीको लागि पठाएको थियो ।

गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधी सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो।

बैङगलोरबाट एमबिए गरेका खत्रीको बीमा क्षेत्रमा करिब साढे २ दशकको अनुभव रहेको छ ।