एनएमबि बैंकको २ अर्बको ऋणपत्र निष्कासन
काठमाडौं । एनएमबि बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले आइतबार १ हजार रुपैयाँ अंकित मूल्यका दरले २० लाख कित्ताले हुन आउने २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो ।
२ अर्बमध्ये १२ लाख कित्ताले हुन आउने १२० करोड ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ८ लाख कित्ता ऋणपत्रले हुन आउने ८० करोड बराबरको ऋणपत्र मध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र जेठ २ गते आइतबार निष्कासन भइ छिटोमा जेठ ५ गते र ढिलोमा जेठ १६ गते बन्द हुनेछ । ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम ८ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।