सानिमा बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर
काठमाडौं । सानिमा बैंक लिमिटेडले जेठ महिनाका लागि मुद्दति निक्षेपमा नयाँ ब्याजदर तोकेको छ ।
बैंकले ३ महिनादेखि ६ महिनासम्मको मुद्दति निक्षेपमा ४.५१ प्रतिशत र ६ महिनामाथिको मुद्दति निक्षेपमा ६.०१ प्रतिशत ब्याज तोकेको छ ।
यस प्रकृतिको निक्षेपका लागि न्यूनतम बचत रकम ग्रामीण भेगका शाखाका लागि १० हजार र काठमाडौं उपत्यका बाहिरका सहरी क्षेत्रका शाखाका लागि ५० हजार र उपत्यकाभित्रका शाखाका लागि १ लाख रुपैयाँ बराबर तोकिएको छ ।
संस्थागततर्फको मुद्दति निक्षेपमा भने ६.०१ प्रतिशत ब्याजदर तोकिएको छ भने सानिमा एनआरएन मुद्दति निक्षेपमा ४ देखि ५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । यस्तो निक्षेपको न्यूनतम अवधि २ वर्ष छ ।
सानिमा दीर्घायु बचत खाता, सानिमा सहज बचत खाता, सानिमा मेरो बचत खाता, सानिमा स्पेसल तलब खाता, र सानिमा दीर्घायु तलब खाताका लागि समान ३.५१ ब्याजदर तोकिएको छ ।
चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार बैंकको बेसरेट ६.२३ प्रतिशत र ब्याजदर स्प्रेड ७.०७ प्रतिशत रहेको छ ।