सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन कर्जामा कति ब्याजदर ?
काठमाडौं । सनराइज बैंकले नयाँ कर्जा तथा निक्षेपका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले कर्जातर्फ बेसरेट ७.२३ प्रतिशत तोकेको छ । बैंकको स्प्रेड रेट ३.६८ प्रतिशत छ ।
बैंकले कर्जातर्फ बेसरेटमा डिमान्ड लोन, रियल स्टेट लोन, एक्पोर्ट फाइनान्स, ओभर ड्राफ्ट, ट्रम लोन, सनराज्य घर कर्जा, सनराइज एजुकेशन लोन, सनराइज सजिलो कर्जा, सनराइज सिग्नेचर लोन, सनराइज गोल्ड लोनमा अधिकतम ६ प्रतिशतसम्म थप गर्न सकिने गरी ब्याजदर तोकेको छ ।
साथै मुद्दति निक्षेपतर्फ न्यूनतम २ प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले १७ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले मुद्दति निक्षेपतर्फ ६.६० प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।