मेगा बैंकको नाफा ३५.९५ प्रतिशतले बढ्यो



काठमाडौं । मेगा बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा नाफा ३५.९५ प्रतिशतले बढाएको छ । गत आवको सोही अवधिमा १ अर्ब ४५ करोड १० लाख ९० हजार रुपैयाँ आम्दानी गरेकोमा बैंकले चालु आवको सोही अवधिमा नाफा बढाएर १ अर्ब ९७ करोड २७ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ ।

बैंकले यस अवधिमा खुद ब्याज आम्दानी पनि बढाएको छ । बैंकले गत आवको सोही अवधिमा ब्याज आम्दानी ३ अर्ब १८ करोड गरेकोमा चालु आवको सोही अवधिमा ब्याज आम्दानी बढेर ४ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ ।

त्यसैगरी सञ्चालन आम्दानी पनि बैंकले बढाएको छ । गत आवको समीक्षा अवधिमा सञ्चालन आम्दानी ३ अर्ब ६३ करोड ३६ लाख रुपैयाँ गरेकोमा चालु आवको सोही अवधिमा यस्तो आम्दानी बैंकको ४ अर्ब ८१ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

बैंकले समीक्षा अवधिमा निक्षेप संकलन पनि बढाएको छ । गत आवको समीक्षा अवधिमा १ खर्ब २७ अर्ब ८९ करोड रुपैयाँ निक्षेपा संकलन गरेकोमा बैंकले चालु आवको सोही अवधिमा निक्षेप संकलन बढाएर १ खर्ब ३३ अर्ब ३५ करोड रुपैयाँ पुर्याएको छ ।

कर्जा प्रवाहतर्फ पनि बैंकले वृद्धि गरेको छ । गत आवको समीक्षा अवधिमा १ खर्ब १० अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले चालु आवको सोही अवधिमा १ खर्ब ३३ अर्ब ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको रिजर्भमा २ अर्ब ९७ करोड रुपैयाँ छ भने वितरणयोग्य नाफा १ अर्ब २९ करोड ७७ लाख रुपैयाँ छ ।

बैंकको खराब कर्जा १.३१ प्रतिशत, कस्ट अफ फन्ड ५.५५ प्रतिशत, सीसीडी रेसियो ८३.५२ प्रतिशत, बेस रेट ७.५९ प्रतिशत र स्प्रेड रेट ३.६२ प्रतिशत छ ।


क्लिकमान्डु