ब्याज आम्दानी घटे पनि इन्भेष्टमेन्ट बैंकको नाफा १४ प्रतिशतले बढ्यो



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा १४ प्रतिशतले बढेको छ । बैंकले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा नाफामा वृद्धि गरेको हो ।

बैंकले गत आवको सोही अवधिको तुलनामा २ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा बैंकले नाफा बढाएर २ अर्ब ८४ करोड ७१ लाख पुर्याएको छ ।

बैंकले यस अवधिमा ब्याज आम्दानी भने घटाएको छ । बैंकले गत आवको समीक्षा अवधिमा ब्याज आम्दानी ४ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको थियो भने चालु आवको सोही अवधिमा ब्याज आम्दानी ४ अर्ब २९ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ । त्यसैगरी बैंकको सञ्चालन आम्दानी भने बढेको छ । बैंकले गत आवको समीक्षा अवधिमा सञ्चालन आम्दानी ५ अर्ब ५३ करोड १९ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा यस्तो आम्दानी ६ अर्ब १६ करोड २० लाख रुपैयाँ छ ।

बैंकले यस अवधिमा निक्षेप थोरैले घटाएको छ । गत आवको समीक्षा अवधिसम्ममा बैंकले कुल १ खर्ब ६६ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा चालु आवको सोही अवधिमा निक्षेप जम्मा १ खर्ब ६५ अर्ब ९६ करोड रुपैयाँ मात्रै संकलन गरेको छ ।

त्यसैगरी कर्जा प्रवाहतर्फ गत आवको तुलनामा भने बढाएको छ । बैंकले गत आवको समीक्षा अवधिमा कर्जा प्रवाह १ खर्ब ३५ अर्ब ८ करोड रुपैयाँ गरेकोमा चालु आवको सोही अवधिमा बैंकले कर्जा प्रवाह बढाएर १ खर्ब ५६ अर्ब ९ करोड रुपैयाँ पुर्याएको छ ।

बैंकले रिजर्भमा १२ अर्ब ९४ करोड रुपैयाँ छ भने वितरणयोग्य नाफा १ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ छ ।

बैंकको खराब कर्जा २.३ प्रतिशत, कस्ट अफ फण्ड ४.३१ प्रतिशत, सीसीडी रेसियो ७९.०५ प्रतिशत, बेस रेट (औषत)मा ५.९५ प्रतिशत र स्प्रेड रेट ३.५७ प्रतिशत छ ।

बैंकको इपीएस २३.४७ रुपैयाँ छ भने पीइ रेसियो १९.८६ रुपैयाँ छ ।


क्लिकमान्डु