साथीमार्टको फ्रेञ्चाइज लिँदा अब रोयल्टी नलाग्ने
काठमाडौं । आक्रामक बजार बिस्तारका लागि चेन सुपरमार्केट साथीमार्टले अबदेखि रोयल्टी नलिने भएको छ । नेपालकै सबैभन्दा धेरै र नेपालभर शाखा सन्जाल भएको साथीमार्टले यसअघि बजार बिस्तार गर्नका लागि लिँदै आएको २ प्रतिशत रोयल्टी नलिने घोषणा गरेको हो ।
कुनैपनि वस्तुको बिक्री तथा व्यापार बृद्धी गर्नमा केन्द्रीत हुनुका लागि यसअघि लिईदै आएको २ प्रतिशत रोयल्टी नलिने कम्पनीका सिइओ सागर पोखरेलले जानकारी दिए ।
मार्टले हाल सीमित अवधिका लागि फ्रेन्चाइज शुल्क समेत नलिने पोखरेलले बताए । योसँगै अझ रफ्तारमा बजार बिस्तार गर्न तथा स्टोरलाई सामान उपलब्ध गराउन ग्राहकलाई ३० प्रतिशतसम्म छुट दिन सहज हुने कम्पनीले जनाएको छ ।
नेपालमै पहिलो पटक ‘ओ टु ओ’ कर्मश (अनलाइन टु अफलाइन) स्टोर सञ्चालन गर्ने उद्देश्यले स्थापित साथीमार्टको हाल ७० वटा आउटलेटहरु सञ्चालनमा छन् भने करिब ४ सय जनाले प्रत्यक्ष र ६ सयभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
कम्पनीले साथी प्रडक्शन मार्फत अचार, ड्राइफुड, चिया, कफि, दाल चामल, ध्यु गुन्द्धक जस्ता नेपाली अर्गानिक वस्तुहरु तथा कस्मेटिक सामान, साबुन र सरफ लगायत २ सय भन्दा बढी उत्पादन गरी आफनै आउटलेटबाट र आउटलेटलाई नै डिस्टिब्युटर बनाई होलसेलमा विक्रि गर्ने योजना समेत कम्पनीले बनाएको पोख्रेलले बताए।
छिट्टै अनलाइन सपिङमार्फत् मार्टले स्टोरबाट दिनभरी नै होम डेलिभरी सुबिधा दिने र ब्रान्डिङ, विज्ञापन तथा उपहार योजना ब्यापक गर्ने समेत तयारी समेत गरेको छ ।
साथीमार्टले युनिलिभर, डाबर, पिएनजि, जिलेट, ओले, हुइस्पर, ब्रिटानिया, केलोक्स, हरलिक्स, सेन्सोडाइन तथा अन्य ३० भन्दा बढी वस्तुहरुको आधिकारिक डिस्ट्रीबयुटरसीप समेत बनेको छ ।
यस्तै, मार्टले केही सीमित अवधिका लागि आक्रमकरुपमा बजार बिस्तारका लागि पुराना मार्टसँग मर्जर तथा नयां शाखा खोली काठमामा २०० को संख्या पुर्याोउने लक्ष्य समेत राखेको छ ।
सबै म्यानुअल तथा उच्च प्रबिधिबाट सञ्चालन हुने तथा दशौं बर्ष रिटेलमा अनुभवी व्यक्तिबाट सपोर्ट हुनाले अर्काले खोले भन्दा आदा लगानीमा ब्रान्डेड मार्ट पाइनेछ ।
दशौं लाख मेम्बरसीप ग्राहक बनाउने योजनामा रहेको मार्टले देशैभरीका साथीमार्टका आउटलेटबाट विशेष छुट तथा मेम्बरसिप योजना र देश विदेश भ्रमण प्याकेज लिएर आएको कम्पनीले जनाएको छ ।