बैंक अफ काठमाण्डूले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी सेवा



काठमाडौं । बेंक अफ काठमाण्डू लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बीआके इकम यूएडी प्रिपेड कार्ड’ शुरु गरेको छ ।

यस अन्तर्गत बैंकका खातावाल ग्राहकले प्रतिवर्षमा पाँच सय अमोरिकी डलरसम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् ।
यो सेवा भारत बाहेक अन्य देशहरुको ई –कमर्स साइटबाट एक पटक वा पटक–पटक गरी पाँच सय अमोरिकी डलरसम्मको वस्तु वा सेवा अन्लाइन भुक्तानी गर्न सक्नेछन् ।

इच्छुक ग्राहकहरुले नजिकको शाखामा आफ्नो प्यान कार्डसहित निवेदन अप्लब्ध गराई यो सुविधा उपभोग गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु