नेपाल बङ्गलादेश बैंकद्वारा एनबी अनलाइन कार्ड शुरु



काठमाडौं । नेपाल बङ्गलादेश बैंकले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको अन्तराष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धी परिपत्र अनुसार एनबी अनलाइन कार्ड सञ्चालनमा ल्याएको छ ।

यस सुबिधा अन्तर्गत ग्राहकहरुले आफनो प्यान कार्डबाट खाता खोली अमेरिकन डलर पाँच सय बराबरको डलर कार्ड प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्डबाट ग्राहकहरुले भारत बाहेकका मुलुकहरुबाट नेपालको प्रचलित कानूनले प्रतिबन्ध नलगाएका बिदेशी बस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्न सक्नेछन् । उच्च शिक्षा हासिल गर्न चाहने बिद्यार्थी बर्गका लागि बिदेशबाट मगाइने आइ-२० का लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने जानकारी गराएको छ । साथै सामाजिक सञ्जालमार्फत् आफनो ब्यबसाय प्रर्बद्वनका लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।


क्लिकमान्डु