सनराइज बैंकले ल्यायो इ-कार्ड



काठमाडौं । सनराइज बैंक लिमिटेडले सनराइज इ-कार्ड सञ्चालनमा ल्याएको छ ।

उक्त सुुविधा अन्तर्गत बैंकमा खाता भएका ग्राहकहरुले आफ्नो प्यान कार्ड पेश गरी अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सो ई-कार्डमार्फत् भारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइटमार्फत् अनलाइन वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्न सकिने छ ।

आफ्नो कार्डमार्फत ग्राहकले एकै पटक वा पटक पटकगरी एक वर्षमा अमेरिकी डलर ५०० बराबरको कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

सो ई-कार्ड प्रयोग गरि अनलाईनबाट प्रवाह हुने सुुबिधाहरु जस्तै युट्युब, फेसबुक, नेटफ्लिक्स रिचार्ज लगायत सामाजिक सञ्जालमार्फत् ग्राहकले आफ्नो व्यवसाय प्रवर्द्धन गर्न पनि सक्नेछन् ।


क्लिकमान्डु