युनिग्लोव कलेजद्वारा सेमी भर्चुअल मोडेलमा आठौं अन्तराष्ट्रिय सम्मेलन सम्पन्न
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित युनिग्लोव कलेजले यहि फाल्गुन ४ र ५ गते २ दिने अन्तराष्ट्रिय व्यवस्थापन सम्मेलन सम्पन्न गरेको छ । सेमी भर्चुअल मोडेलमा आयोजना गरिएको उक्त कार्यक्रममा अमेरिका, युके, फ्रान्स, स्लोभेनिया, मलेसिया, जापान, भारत लगायत २० वटामुलुकको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका प्रिसिन्पल एवं म्यानिजिङ डाइरेक्टर डा.नर बहादुर विष्टले कोभिड पछाडीको अर्थतन्त्रलाई उकास्न र त्यसको अध्ययनलाई निरन्तरता दिन यस्ता कार्यक्रम निकै फलदायी रहेको बताए । हरेक वर्ष झै यस वर्ष पनि यस कार्यक्रमले निरन्तरता पायो । तर यो वर्ष सेमी भर्चुअल मोडेलको नयाँ अभ्यासबाट कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । हालसम्म युनिग्लोव कलेजले मात्र ८ पटक अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरिसकेको छ ।
कार्यक्रममा उक्त कन्फेरेन्सका अध्यक्ष एवं कलेजका शैक्षिक निर्देशक प्रा.डा. राधे श्याम प्रधानले यस्तो कार्यक्रम विभिन्न देश बिचमा सम्बन्ध विकास गर्ने र खोजमुलक अनुसन्धान प्रति विद्यार्थीको रुची बढ्नेछ भन्ने अभिप्रायले यो कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको बताए ।
कार्यक्रममा विभिन्न २० राष्ट्रका प्राज्ञिक व्यत्तित्वहरुले आफ्नो विचार र अनुसन्धानहरु प्रस्तुत गरेका थिए । कलेजका कार्यक्रम निर्देशक अनन्तराज घिमिरेले कार्यक्रममा १२ सयभन्दा बढिको सहभागिता रहेको बताए । साथै युनिग्लोव कलेजको यस प्रयासले विद्यार्थीहरुमा आत्म विश्वास बढाउने र क्षमता अभिवृदी गर्ने विश्वास प्रकट गरे ।
यस पटकको कार्यक्रम कोभिड १९ को कारणले सिमीत विद्यार्थीहरुलाई भौतिक रुपमा कलेजमै बोलाएर र बाँकीलाई अनलाइनमार्फत सहभागिता गराएको जानकारी दिए । साथै, कार्यक्रम भव्यताका साथ सम्मन्न भएको र नेपालमै पहिलो पटक शैक्षिक संस्थाको आयोजनामा २० राष्ट्रको सहभागितामा ऐतिहासिक रहेको बताए ।