रक्सी पसल हत्याउन देउरानी जेठानीले लगाए सवा ८ अर्बको बोली, अनि भयो के ?



संसारभर नै अनेकन उट्पट्याङ काम गर्ने र प्रचार हुने देशका रुपमा भारत परिचित छ । भारतमा जनसंख्या धेरै भएका कारण पनि अनेकन खालका रमाइला खबरहरु सार्वजनिक हुने गरेको छन् ।

कुल १ अर्ब ३५ करोड जनसंख्या भएको भारतका हरेक गल्ली र गाँउमा समेत रमाइला रमाइला घटना हुने गरेको छ ।

यसैक्रममा हालैमात्र एक रक्सी पसलमा त्यस्तै भएको छ । शिवरात्रिको अघिल्लो साता मात्रै रक्सी पसल बिक्रीका लागि लिलामी बडाबढ भयो । लिलाम बढाबढ गर्ने अरु कोही नभए देउरानी–जेठानी नै थिए । सगोल दाजु भाइका श्रीमती नै थिए । उनीहरुले बढावढमा लगाएको बोली हेर्दा लाग्थ्यो, त्यहाँ पैसाको भण्डार नै रहेको छ ।

रक्सी पसलका लागि लगाइएको लिलाम बढाबढको बोली थियो । तर घटनाक्रम यस्तो नाटकीय रुपमा अगाडि बढ्यो कि उनीहरु कालोसूचीमा नै परेका छन् । किनकी उनीहरुले कुन स्रोतबाट त्यत्रो पैसा ल्याउने हिम्मत गरे र बोली लगाए भन्नेमा आशंका रहेको छ ।

एउटा सामान्य खालको रक्सी पसल हत्याउनका लागि ५१० करोड भारु अर्थात् करिब सवा ८ अर्ब रुपैयाँ बराबरको बोली लागेको थियो । रक्सी पसल बिक्रीका लागि अनलाइनमा लिलामीको व्यवस्था गरिएको थियो । भारतको राजस्थान हनुमान नगरको खुइयाँ गाँउमा उक्त घटना भएको हो । त्यहाँ रक्सीको पसल तथा त्यसको कारोबार हुने गरेको थियो । जब रक्सीको मात चढ्छ, तब मान्छेको दिमाग धर्तीमा होइन, आकाशमा पुग्छ । उसले अरु सबैलाई सानो देख्न थाल्छ । तर, रक्सीले मात चढ्दै जान्छ, उसले रक्सी पसल नै खरिद गर्ने महत्वाकांक्षा पनि राख्छ ।

सो गाँउमा रहेको सानो रक्सी पसल खरिद गर्नका लागि दुई महिलाका बीचमा भएको भीडन्त भने असाध्यै रमाइलो खालको छ । रक्सी पसल खरिद गर्नका लागि दुई महिलाले गरेको लडाई यही मार्च ५ तारिखको बिहान ११ बजेदेखि शुरु भएको थियो ।

त्यो क्रम राति २ बजेसम्म चल्यो । बोली लगाउन दुई महिला आमनेसामने भएका थिए । एउटाको नाम किरण कुँवर थियो भने अर्कोको नाम प्रियंका कुुँवर छ । नातामा उनीहरु देवरानी जेठानी पर्छन् । लिलामीका लागि पसलको खास मूल्य १ करोड १५ लाख रुपैयाँ तोकिएको थियो । देउरानी जेठानी नै त्यो पसल लिन चाहन्थे ।

जब बोली लगाउन शुरु भयो तब हार मान्न कोही तयार भएनन् । आखिर रुपमा सो पसलको मूल्य ५१० करोड भारुसम्म पुग्यो । किरण कुँवरले लिलामी बढाबढमा जितिन् । किरण मुख्यरुपमा गाँउमा बस्ने महिला हुन् । उनको गाँउमा खुइयाँका अर्को गाँउमा रहेको पसल खरिदका लागि समेत ३ करोड ७ लाख ५९ हजार ६८० बराबरको बोली लगाएकी थिइन् ।

नियम अनुसार बोली लगाएको ३ दिनभित्र कुल रकमको १ प्रतिशत स्थानीय सरकारी विभागमा जम्मा गर्नुपर्ने थियो । किरण कुँवरले गत मंगलबार अर्थात् ९ मार्चमा पैसा भने जम्मा गर्न पाइनन् । आखिर स्थानीय अधिकारीले उनको जमानत नै जफत गरिदियो । उनलाई त्यतिमात्रै भएन, जमानत नै जफत गरेर भएन उनलाई ३ वर्षका लागि कालोसूचीमा नै राखिदियो ।

उनले लिलाम बढाबढ गर्दा जम्मा गरेको १ लाख ५० हजार भारु समेत गुमेको छ भने उनको पसल लिने इच्छा समेत तत्कालका लागि रोकिएको छ । राजस्थानमा यस्ता यस्ता खालका मामिला बेला बेलामा सार्वजनिक हुने गरेको छ । नागरिक रक्सी पसलका लागि किन यसरी मरिहत्ते गरिरहेका छन् भन्ने विषयमा समेत सरकारी चासो बढेको छ । स्थानीय मानिस किन यसरी रुक्सीका लागि मर्न मार्न तयार भइरहेका छन् भन्ने खोजी भइरहेको छ ।

राजस्थानमा विभिन्न ४ वटा पसलका लागि मात्रै ७ करोड ३१ लाख, ७ करोड २७ लाख, ७ करोड ३१ लाख र ८ करोड ९१ लाख बराबरको बोली लागेको छ ।


क्लिकमान्डु