सेयर बजारमा देखियो मोर्चासँगको सम्झौतामा एमालेको असहमति




काठमाडौं । राजनीतिक सहमतिले आइतबार तताएको बजार सोमबार कायम रहन सकेन । सोमबार नेप्से १७.९४ अंकले घटेर १६७५.७८ अंकमा बन्द भयो ।

सत्तापक्ष र मधेशीदलहरु बिच भएको राजनीतिक सहमतिमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सकारात्मक नहुँदा लगानीकर्तामा अन्योल छाएको छ । त्यसैको प्रभाव स्वरुप कारोबार रकममा ठूलो गिरावट आएको छ । सोमबार ९६ करोड ५२ लाख रुपैंयाँको मात्र कारोबार भएको छ । बिगत केही हप्ता देखि नेप्सेमा लगाता १ अर्ब माथीको कारोबार हुँदै आएको थियो ।

सोमबार शुरुमा थोरै अंकले बढेपनि त्यसपछि भने नेप्से परिसूचक बढ्न सकेन । बिचमा केही सम्हालिन खाजे पनि नेप्से निरन्तर घटिरह्यो ।
सोमबार ०.२३ अंकले बढेको उत्पादन उप—सूचक बाहेक अन्य सबै उप—सूचकहरु रात्ताम्मे भए । बैकिङ १९.१७, होटेल २३.३, बिकास बैंक १४.३, जलबिद्युत २२.४४, बित्त ४.२, बीमा ८३.७४ र अन्य ८.६७ अंकले घटे ।

सोमबार प्राइम लाइफको सबैभन्दा बढि ४ करोड १६ लाख रुपैंयाँको कारोबार भएको छ । यसैगरी प्रभु बैंक, ग्लोबल आइएमइ र सिद्धार्थ बैंकको पनि क्रमशः ३ करोड ९५ लाख, ३ करोड ८३ लाख र ३ करोड ७७ लाख रुपैंयाँको कारोबार भएको छ ।

आज ४ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी प्रमोटर, श्री इन्भेष्टमेन्ट फाइनान्स र हाम्रो बिकास बैंकका लगानीकर्ताले १० प्रतिशतले कमाएका हुन् ।

सोमबार दिब्यश्वरी हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतले गुमाएका छन् । युनाइटेड फाइनान्सका लगानीकर्ताले पनि ६.५ प्रतिशतले गसमाएका छन् । त्यस्तै, वमी माइक्रो, सेती फाइनान्स, गुह्यश्वरी मर्चेन्ट र आइसिएफसी फाइनान्सका लगानीकर्ताले पनि ५ प्रतिशत भन्दा बढिले गुमाएका छन् ।


क्लिकमान्डु