राष्ट्रपतिबाट बाफिया विधेयक प्रमाणीकरण



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक(बाफिया) २०७३ प्रमाणीकरण गरेकी छन् ।

व्यवस्थापिका संसद्बाट पारित भएको दुई महिनापछि बाफिया राष्ट्रपति बाट प्रमाणीकरण भएको हो । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि बाफिया कार्यान्वयनमा आउने छ ।

बाफियामा छलफल नभएको कार्यकारीको अध्यक्ष राखिएपछि सभामुख ओनसरी घर्तीले अर्थ समितिमा भएको छलफलको रेकर्ड मगाउने निर्णय गरेकी थिइन् । कानूनी व्यवस्था अनुसार संसद्ले पारित गरेको विधेयक सभामुखले भाषिक विषयमा अनुसाङिक सुधार मात्र गर्न मिल्छ ।

सभामुख कार्यालयले राष्ट्रपति कार्यालयमा विधेयक पठाएपछि विधेयक पारित भएको हुँदा संसद्बाट पारित भएकै कार्यकारी अध्यक्षको व्यवस्था बाफियामा रहेको छ ।

बाफियाले बैंक तथा वित्तीय संस्था संचालनमा आएको १० वर्षपछि संस्थापक सेयरलाई साधरणमा परिणत गर्न सक्ने व्यवस्था गरेको छ । यस्तै,सिइओको कार्यकाल बढीमा दुई कार्यकालसम्म रहने सक्ने व्यवस्था गरिएको छ ।

बाफिया २०६३ आएपछि २०६५ सालदेखि नयाँ बाफिया ल्याउने गृहकार्य भएपनि बल्ल बाफिया पारित भएको हो । अर्थसमितिले पारित गरेको बाफिया संसद्ले चलखेल भएको भन्दै पुनः अर्थसमितिमा फर्काइदिएको थियो ।


क्लिकमान्डु