रामकुमारी झाँक्री रिहा
काठमाडौं । राष्ट्रपति विरुद्ध अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी नेकपा नेतृ झाँक्री रिहा भएकी छन् ।
बिहीबार प्रहरीले झाँक्रीलाई उनको निवासबाट पक्राउ गरेको थियो ।
प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरेर गोरखामा दिएको अभिव्यक्तिको आधार बनाए पक्राउ गरेको थियो ।
झाँक्रीको पक्राउको विभिन्न क्षेत्रबाट विरोध भएको थियो ।